जहाँ बसहरुले अगाडी
धूवाँ वकल्छन्
पेटीमा चुरोटलाई बेरेको उनको हात,
जर्बजस्ती हिंडाइको चालमा एउटा अर्को
मान्छे उत्पन्न हुन्छ
पाँच बजेको भीडबाट
नायकका रुपमा भर्ना गरिएका
तिमीले मलाई खेलाएको नाटकको
पूर्ण विश्वासको प्राप्ति
तिनीहरु आफ्नै शब्द बोल्छन्
तिनीहरुका चाहनाहरु हाँस्यास्पद देखिइनको
लागि जस्तै छ
तिनीहरु एक गिलास पानी, दुई चार चाना पाउरोटी
एक ठूलो चियाचम्चा चिनी, एउटा सलाई
प्रतिध्वनित सवारीको बीच
र भोरको लुकेको चालसँगै एक बोतल सस्तो
रक्सी
एउटा कम्बल, सडक हिंड्नेहरु सुट्ठ जान्छन्
एक गिलास पानी, दुईचार चाना पाउरोटी,
यसको अन्त्य नै हुँदैन
एक ठूलो चम्चा चिनी, एउटा सलाइ,
...
यद्यपि अन्धकार सडक
आफ्नै शरीरो बलले हिंडिरहेछ
मन्दिरको पाटी शरणस्थल भएको छ
तिनीहरुले भन्ने गरेको
कम्बलले हामीलाई ढाक।छ
न्यानो पार्छ। हामी तिनीहरुलाई त्यसो लागि धन्यवाद
दिन्छौं
रिसाएका, पीडित, असन्तुष्ट
प्रतिशोध
ग्रसित,
यसको अन्त्य नै छैन! एउटा साँगुरो गल्ली
निहुरिएर सिइरहेकी
एउटी स्वास्नीमान्छे,
सडकमुनि एउटा वधशाला, झ्यालमा एउटा अनुहार
कम्बल भएका हामी
के बिउँजन्छौं त?
के काप्छौं त?
- वेन एम्जिसस्, अनुवाद: मन्जु काँचुली |